ad ad

समाज


बैतडीमा भारतबाट पेन्सन बुझेर फर्किएका सवार जिप दुर्घटना, ५ जनाको मृत्यु, ४ जना घाइते

बैतडीमा भारतबाट पेन्सन बुझेर फर्किएका सवार जिप दुर्घटना, ५ जनाको मृत्यु, ४ जना घाइते

गोकुल जोशी
मंसिर ९, २०७७ मंगलबार ९:८,

बैतडीमा यात्रुबाहक जिप दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ भने अन्य ४ जना घाइते भएका छन्।

मंगलबार झुलाघाटबाट सदरमुकाम गोठलापानीतर्फ आउँदै गरेको ना १ ज २१९६ नम्बरको जिप बुढ्ढा नजिकै दुर्घटना भएको हो। सो दुर्घटनामा ५ जनाको मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेश सिंहले बताए।

‘बैतडीमा जिप दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ, अन्य ४ जना घाइते भएका छन्’, एसएसपी सिंहले भने, ‘घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।’

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेहरुमा सुर्नया गाउँपालिका–४ कि ७५ वर्षीया कलावती चन्द, दशरथचन्द नगरपालिका–५ का ७७ वर्षीय भगिरथ पाण्डेय, दशरथचन्द नगरपालिका–५ का ७२ वर्षीय पार्वती चन्द सोही ठाउँकै ७२ वर्षीय पार्वती चन्द र दशरथचन्द नगरपालिका–२ का ५८ वर्षीय कृष्ण लावड रहेका छन्।

यस्तै रवीन्द्र चन्द, प्रदीप लावड, खगेन्द्र जोशी र कृष्णानन्द भट्ट दुर्घटनामा परी घाइते भएका छन्।

जिपमा सवारहरु भारतमा पेन्सन बुझेर घर फर्किरहेकाहरु रहेको प्रहरीले बताए।

यस अघि २७ कार्तिकको राति बैतडीको पाटन नगरपालिका–४ खोड्पेमा दार्चुलाको गन्नाबाट महेन्द्रनगरतर्फ आइरहेको ना ५ ख ५१४१ नम्बरको पवनदूत यातायातको बस दुर्घटना भएको थियो। सो दुर्घटनामा ९ जनाले ज्यान गुमाएका थिए भने ३४ जना घाइते भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .