नुवाकोटमा कैलाश एयरको विमानको आकस्किम अवतरण गरिएको छ।
बाग्लुङको गल्कोटबाट काठमाडौंका लागि उडेको कैलार एयरको नाइन एनए जेजे हेलिकोप्टरमा चरासँग ठोक्किएपछि दिउँसो २ बजे बेलकोटगढी नगरपालिका ६, झिल्टुङमा आकस्मिक अवतरण गरिएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले जानकारी दिए।
चालकसहित हेलिकोप्टरमा ६ जना सवार रहेको र कुनै अप्रिय घटना भने नभएको उनले बताए।
‘दिउँसो २ बजे हेलिकोप्टरमा चरा ठोक्किएपछि आकस्मिक अवतरण गरिएको हो’, नेपालखबरसँग कुरा गर्दै प्रजिअ ढकालले भने, ‘एक जना सामान्य घाइते हुनुहुन्छ, हेलिकोप्टरको अगाडिको सिसा फुटेको छ भने, अगाडिकै अन्य भागमा केही क्षति भएको छ।’
उनले समयमै आकस्मिक अवतरण भएका कारण हेलिकोप्टर ठूलो दुर्घटनाबाट जोगिएको जानकारी दिए।
हेलिकोप्टरमा गलकोट नगरपालिका ३ का अध्यक्ष वीरजंग भण्डारी, गलकोट ३ कै सुरेन्द्र श्रेष्ठ, सरोज मल्ल, गिता मल्ललगायत सवार रहेका थिए। वडाध्यक्ष भण्डारीको हात र खुट्टामा सामान्य चोट लागेको छ।
अहिले कैलास एयरकै अर्को विमान गएर पाँच जनालाई काठमाडौँ ल्याएको र चालक भने विमानसँगै रहेको प्रजिअ ढकालले जनाकारी दिए।
हेरौँ वडाध्यक्ष भण्डारीले सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेको भिडियो
Shares
प्रतिक्रिया