ad ad

समाज


२४ घण्टामा आगलागीका १५ घटना, दुई जना घाइते, लाखौंको क्षति

२४ घण्टामा आगलागीका १५ घटना, दुई जना घाइते, लाखौंको क्षति

नेपालखबर
मंसिर १६, २०७७ मंगलबार ९:३,

गएको २४ घण्टामा विभिन्न जिल्लामा गरी आगलागीका १५ घटना भएका छन्। ती घटनामा परी दुई जना घाइते भएका छन्।

राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार स्याङ्जा, झापा, सर्लाही, नवलपरासी पश्चिम, उदयपुर, काभ्रे, बारा, महोत्तरी, सप्तरी, सिराह, कास्की, रोल्पा र सल्यानमा आगलागीका घटना भएका हुन्। स्याङ्जाको हरिनास गाउँपालिका–७ बुग्दीखोलास्थित एक गोठमा आगलागी हुँदा आगो निभाउने क्रममा दुई जना घाइते भएका छन्।

आगलागीका घटनामध्ये अधिकांश घरमा भएका कारण धेरै जनाको अन्नपात, लुगाफाटो लगायतका सामग्री जलेर नष्ट भएको तथा केही गोठमा भएको आगलागीबाट चौपायालाई क्षति पुगेको प्राधिकरणले जनाएको छ। केही स्थानमा जंगलमा लागेको आगोले बोटबिरुवा नष्ट भएका छन्।

यता, कालिकोटको तिलागुफा नगरपालिका–१ स्थित नाग्ममा निर्माणाधिन एक घर माथिबाट सुख्खा पहिरो खस्दा २३ वर्षीया एक महिला घाइते भएकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .