सुरक्षाको कारण देखाउँदै पार्टी कार्यालय धुम्बाराहीबाट बालुवाटार सारिएको नेकपा सचिवालय बैठकको सुरुमा महासचिव विष्णु पौडेलको जन्म दिनको केक काटेर शुभकामना दिएर सुरु गरिएको थियो।
बैठक हलमा पस्ने बित्तिकै प्रधानमन्त्री ओलीले महासचिवलाई जन्म दिनको शुभकामना दिँदै केक काट्न आग्रह गरेका थिए।
त्यसपछि अध्यक्ष ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत नेताहरुले क्रमशः महासचिवलाई केक खुवाए बैठकको कारवाही सुरु गरिएको थियो।
पार्टीभित्र चर्किंदो विवादका कारण नेताहरुबीच तिक्तता बढिरहेका बेला ओलीले सरप्राइजका रुपमा केक काटेर फरक माहोल तयार गरेका हुन्।
यसअघि पनि ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम लगायतलाई उनीहरुको जन्म दिनका बेला बालुवाटारमा बोलाएर केक काटेर सरप्राईज दिने गरेका थिए।
आजको सचिवालयको बैठकमा ओली र प्रचण्डको दुबै प्रतिवेदनमाथि छलफल हुने कार्यक्रम छ।
महासचिव विष्णुप्रसाद पाैडेललाई जन्मदिनकाे अवसरमा आजकाे सचिवालय बैठककाे शुरूमै प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल"प्रचण्ड", उपप्रधानमन्त्री ईश्वर पाेखरेल र वरिष्ठ नेताहरूले केक काटेर खुवाई सफल जीवनकाे शुभकामना व्यक्त गर्नुभएको छ । pic.twitter.com/3PSEISllwM
— Surya Thapa (@ThapajiSurya) December 1, 2020
प्रतिक्रिया