ad ad

समाज


बर्दिबास प्रकरण : मन्त्रालयको छानबिन टोली जनकपुरमा, आरोपीसँग हिमचिम रहेका दुई प्रहरी जिल्ला तानिए

बर्दिबास प्रकरण : मन्त्रालयको छानबिन टोली जनकपुरमा, आरोपीसँग हिमचिम रहेका दुई प्रहरी जिल्ला तानिए

शैलेन्द्र महतो
मंसिर १६, २०७७ मंगलबार १३:३९,

बर्दिबास घटना छानबिन गर्न गृहमन्त्रालयको टोली जनकपुर आएको छ। महोत्तरीको बर्दिबासकी ६ वर्षीया बालिका गुलाब्सा खातुनको बलात्कार पश्चात हत्या तथा प्रहरीको गोली लागेर संजय न्यौपानेको मृत्यु भएको घटना छानबिन गर्न गृहमन्त्रायको टोली मंगलबार जनकपुर आइपुगेको हो। 

केहिदिन अघि गृहमन्त्रायले बर्दिबासको दुवै घटना छानबिन गर्न तीन सदस्यीय टोली गठन गरेको थियो। मंगलबार छानबिन टोली जनकपुर आइपुगेको र बुधबारदेखि घटनाका विषयमा अनुसन्धान अघि बढाउने महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले जानकारी दिए।

गएको मंसिर ७ गते बेपत्ता भएकी बर्दिबास नगरपालिका १४ शुभम् बस्तीका सहिद आलमकी ६ वर्षीया छोरी गुलाब्साको शव भोलिपल्ट मध्यराति बस्ती नजिकै झाडीमा बोरामा फेला परेको थियो। स्थानीय किराना पसले २६ वर्षीय अरुण साह पक्राउ परेपछि उनले बालिकाको बलात्कार गरी हत्या गरेको स्वीकार गरी शव फालेको ठाउँ देखाएका थिए।

घटनाको विरुद्धमा मंसिर ९ गते प्रदर्शन भइरहेको बेला प्रहरीले चलाएको गोली लागेर बर्दिबास नगरपालिका–१ का ४३ वर्षीय संजय भनिने वुद्दिराज न्यौपानेको मृत्यु भएको थियो। उक्त घटना पश्चात बर्दिबासमा आन्दोलन निकै चर्किएपछि स्थानीय प्रशासन र सर्वपक्षीय वार्ता समितिबीच मंसिर १० गते चारबुँदे सहमति भएको थियो भने मंसिर ११ गते गृहमन्त्रालयले उपसचिवको संयोजकत्वमा तीन सदस्यीय छानकिन टोली गठन गरेको थियो।

दुई प्रहरी जिल्ला तानिए2-police-.jpg


बर्दिबास घटना पश्चात इलाका प्रहरी कार्यालय बर्दिबासमा कार्यरत दुई प्रहरी जिल्ला तानिएका छन्। सइ बीरेन्द्र सिंह र हवल्दार फुलगेन मण्डललाई अनुसन्धानका लागि जिल्ला तानिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले पुष्टि गरेको छ। बालिका बलात्कार तथा हत्या आरोपमा पक्राउ परेका अरुण साहसँग दुवै प्रहरीको हिमचिम बढी रहेको तथा बालिका बेपत्ता भएकै दिन उनको घरमा दुवै प्रहरीलेसँगै खाजा खाएको स्थानीयको आरोप छ।

यद्यपि आरोप भने पुष्टि भएको छैन। तर सई विरेन्द्र सिंह साहकै घरमा केहि महिना अघिसम्म डेरा लिएर बसेको स्थानीयको भनाइ छ।

अरुणसँग राम्रो सम्बन्धको कारण बालिका गुलाब्सा बेपत्ता भएपछि प्रहरीलाई जानकारी गराउँदा सई र हबल्दारले छरछिमेकको घरमा खोजीनित गरेपनि साहको घरमा नगरेको पीडित परिवारको आरोप छ। जसको कारण घटना पश्चात स्थानीय बासिन्दा प्रहरीप्रति बढी क्रुद्ध भएर प्रदर्शनमा उत्रेका थिए। सोही कारण विवादित दुवै प्रहरीलाई जिल्ला तानेर अनुसन्धान थालेको प्रहरी स्रोतको भनाइ छ।

लामो समयदेखि इलाका प्रहरी कार्यालय बर्दिबासमा कार्यरत्त हवल्दार मण्डल यसअघि पनि स्थानीय व्यवसायीलाई डराईधम्काइ रक्सी माग्ने तथा कुटपिट घटनामा मुछिसकेका छन्। लकडाउनमै एक व्यवसायीलाई हवल्दारसहति दुई प्रहरी मिलेर एक ग्यारेज सञ्चालकलाई कुटपिट गरेका थिए। जसको भिडियो प्रमाणसहित घटना सार्वजनिक हुँदासमेत उनलाई कुनै प्रकारको कारबाही भएको छैन।

बर्दिबासमा प्रहरी हवल्दारको आतंक : कुटपिटदेखि धम्क्याएर रक्सी माग्नेसम्म

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .