ad ad

समाज


रुसले मस्कोबाट सुरु गर्‍यो कोरोनाविरुद्धको खोप लगाउने कार्यक्रम

रुसले मस्कोबाट सुरु गर्‍यो कोरोनाविरुद्धको खोप लगाउने कार्यक्रम

नेपालखबर
मंसिर २०, २०७७ शनिबार १०:४७,

कोरोनाको जोखिममा रहेका मानिसहरुलाई मस्कोका स्वास्थ्य क्लिनिकहरुमा कोरोनाविरुद्धको खोप लगाउन थालिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।

बेलायतले गत बुधबार मात्र अर्को हप्तादेखि कोरोनाविरुद्धको खोप कार्यक्रम संचालन गर्ने बताएको थियो।

यस्तै बहराइनले पनि अर्को हप्तादेखि नै खोप लगाउन स्वीकृति दिइरहँदा रुसले भने आफ्नो खोप ‘स्पुतनिक–भी’ मानिसमा लगाउन सुरु गरिदिएको हो।

Sputnik V vaccine mystery in Nepal | Nepali Times

तेस्रो चरणको परीक्षण सम्पन्न नहुँदै गत अगष्टमा रुसी खोपले देशमा आकस्मिक प्रयोगका लागि स्वीकृति पाएको थियो।

रुसी अधिकारीहरुका अनुसार स्पुतनिक–भी खोप ९५ प्रतिशत प्रभावकारी छ। यो खोपको गम्भीर असरहरु नभएको जनाइएको छ।

रुसी खोप दुईपटक लगाइने छ। हजारौं मानिसहरुले खोप लगाउनका लागि आफ्नो नाम दर्ता गर्न थालिसकेको पनि जानकारी दिइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .