ad ad

समाज


भारतमा विकसित न्यून चापीय प्रणालीको प्रभाव, काठमाडौंसहित केही स्थानमा वर्षाकाे सम्भावना

भारतमा विकसित न्यून चापीय प्रणालीको प्रभाव, काठमाडौंसहित केही स्थानमा वर्षाकाे सम्भावना

नेपालखबर
मंसिर २१, २०७७ आइतबार २:२१,

भारतको बिहार र आसपास क्षेत्रमा न्यून चापीय प्रणाली रहेका कारण नेपालको मौसममा पनि प्रभाव परेको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशााखाका मौसमविद् समीर श्रेष्ठका अनुसार आज काठमाडौं उपत्यकासहित देशका केही स्थानमा हल्का वर्षा हुने सम्भावना छ।

महाशाखाले आइतबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा भनिएको छ : प्रदेश नं १ को थोरै स्थान साथै बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। देशको उच्च पहाडी तथा हिमाली भूभागको १-२ स्थानमा हल्का हिमपातको सम्भावना छ।

मौसमविद् श्रेष्ठनले भने, ‘वर्षा दिउँसोतिर हुने सम्भावना छ।’

यस्तै राति पनि प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका १–२ स्थानमा हल्का हिमपातको सम्भावना हुनुका साथै प्रदेश नं १ का १-२ स्थानमा हल्का वर्षा र गण्डकी प्रदेशको पहाडी भूभागका एक दुई स्थानमा छिटपुट वर्षाको सम्भावना रहेकाे महाशाखाले उल्लेख गरेकाे छ। 

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै महाशाखाले भनेकाे छ- प्रदेश नं १ का थोरै स्थान  साथै बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षासहित देशका उच्च पहाडी तथा हिमाली भूभागका १-२ स्थानमा हल्का हिमपातको सम्भावना हुनाका साथै देशका धेरै स्थानको वायुको तापक्रममा गिरावट आउनाका साथै तराई भु-भागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .