रोयटर्सका अनुसार मंगलबार दक्षिण कोरियाले चार औषधि निर्माता कम्पनीसँग सम्झौता गरेको छ।
कोरियाले फाइजर, एस्ट्राजेनिका र मोडेर्नाबाट समान २ करोड २० लाख डोज खोप खरिद गर्नेछ भने जोन्सन एन्ड जोन्सनबाट ४० लाख डोज खोप खरिद गर्नेछ।
साथै एक करोड डोज खोप भने दक्षिण कोरियाले विश्व स्वास्थ्य संगठनको कोभ्याक्स योजनाबाट प्राप्त गर्नेछ।
प्रतिक्रिया