ad ad

समाज


भक्तपुर दुर्घटना : युवतीको हत्या भएको आफन्तको आशंका, अझै भएन पोष्टमार्टम

भक्तपुर दुर्घटना : युवतीको हत्या भएको आफन्तको आशंका, अझै भएन पोष्टमार्टम

उजिर कार्की
मंसिर २३, २०७७ मंगलबार १६:२२,

भक्तपुरमा शनिबार राति भएको कार दुर्घटनामा ज्यान गुमाएकी युवतीका आफन्तले उनको हत्या भएको हुनसक्ने आशंका गरेका छन्। युवतीको ज्यान गएको तीन दिन बित्दा समेत आफन्तले शवको पोष्टमार्टम गर्न मानेका छैनन्।

शनिबार राति भएको कार दुर्घटनामा सिन्धुपाल्चोक घर भइ काठमाडौंको धुम्बाराही बस्ने ३० वर्षीया रिया श्रेष्ठको ज्यान गएको थियो। भक्तपुरका कार चालक रञ्जित कार्कीमाथि भने सवारी ज्यान सम्बन्धी कसुरमा जाहेरी लिएर प्रहरी परिसर भक्तपुरले म्याद थप गरी अनुसन्धान अगाडि बढाएको छ।

आफन्तले पोष्टमार्टममा ढिलाइ गर्दा अनुसन्धानलाई समेत असर गरेको भक्तपुरका प्रहरी नायव उपरीक्षक (डीएसपी) ऋषिराम कंडेलले बताए। मृतकका श्रीमान राजु श्रेष्ठसहित प्रहरी कार्यालय पुगेका आफन्तलाई मंगलबार पनि प्रहरीले यस बारेमा जानकारी गराइसकेको छ।

‘आज पनि आफन्तकै कारण पोष्टमार्टम हुन सकिरहेको छैन। आफन्तले दुर्घटना नभएर अरु नै हिसावले मारिएको आशंका गरेका छन्’, डीएसपी कंडेलले भने, ‘तर हामीले अरु कुनै कारण रहेछ भने पनि अनुसन्धानका क्रममा खुल्ने र पोष्टमार्टमले थप पुष्टी हुने जानकारी गराएका छौं।’

पोष्टमार्टम रिपोर्टमा जे देखिन्छ त्यसले अनुसन्धानमा थप टेवा पु-याउने प्रहरीको भनाई छ।

‘प्रारम्भिक अनुसन्धानमा सवारी दुर्घटना देखिएको छ। भोलि जे गरेको छ त्यही अनुसार मुद्दा चल्छ। त्यसका लागि पोष्टमार्टम गर्न आवश्यक छ’, कंडेलले भने।

मृतकका श्रीमान राजु श्रेष्ठले भने यस विषयमा परिवारिक रुपमा सल्लाह भइरहेको बताए।

मंगलबार साँझ नेपालखबरसँगको कुराकानीमा उनले भने, ‘पोष्टमार्टम गर्ने विषयमा अहिले हामी सरसल्लाह गरिरहेका छौं, घटना हेर्दा हामीलाई दुर्घटनाले ज्यान गएको भन्नेमा विश्वास छैन।’

प्रहरी कार्यालयबाट पोष्टमार्टमका लागि पत्र भने आफन्तले लगिसकेका छन्।

‘हामी दुर्घटनाको पाटोबाट हेर्छौं। दुर्घटनाकै कारण मृत्यु भएको वा अन्य कारण भन्ने कुरा हेर्छौं। गाडीको प्राविधिक पाटो पनि चेक गर्छौं। घटनाक्रम कसरी विकास भएको थियो भन्ने कुरा पनि अनुसन्धान हुन्छ, त्यसपछि मात्रै घटनाको वास्तविकता पत्ता लाग्छ’, डीएसपी कंडेलले भने।

प्रहरीेले यी सबै कुरा मृतकका आफन्तलाई बताइसकेको छ।

मध्यपुर ठिमी ३ कौशलटारस्थित सडकबाट काठमाडौंतर्फ जाँदै गरेको बा ८ च ४७५६ नम्बरको कार दुर्घटनामा रियाको ज्यान गएको थियो। कारमा सवार अन्य व्यक्ति भने सामान्य छन्।

कार दुर्घटनामा ज्यान गुमाएकी रियालाई सडकमै छाडेर कारमा सवार तीन जना राति नै भागेका थिए। उनीहरुलाई आइतबार प्रहरीले पक्राउ गरिसकेको छ।

दुर्घटना भएको सीसी क्यामरामा देखेपछि पुगेको प्रहरीले युवतीलाई अस्पताल पु-याए पनि अस्पतालले मृत्यु भइसकेको पुष्टि गरेका थिए।

भोलिपल्ट दुर्घटना भएको कारको नम्बरका आधारमा कार चालक भक्तपुरको ठिमी नगरपालिका १ लोकन्थलीका २६ वर्षीय रञ्जित कार्की भएको पत्ता लागेको थियो।

साथी साथी घुम्न गएको र राती रियालाई घरसम्म छाड्न जाँदा दुर्घटना भएका रञ्जितको प्रारम्भिक बयान छ। तर यसमाथि प्रहरी र आफन्तले आशंका गरेका छन्।

ठिमी ५ राधेराधेका २६ वर्षीय विजय देउजा र सूर्यविनायक ४ गाम्चाका २७ वर्षीय सुदीप थापा पनि कारमा सँगै थिए। उनीहरुलाई पनि प्रहरीले नियन्त्रणमा लिइसकेको छ।

यो पनि:

घर पुर्‍याउन आएका साथीहरु बाटैमा लास फालेर भागे, सीसी क्यामराको सहारामा पुग्यो प्रहरी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .