ad ad

समाज


पछिल्लो २४ घण्टामा १२ सय १७ कोरोना संक्रमित थपिए, १ हजार ६४ निको भए

पछिल्लो २४ घण्टामा १२ सय १७ कोरोना संक्रमित थपिए, १ हजार ६४ निको भए

नेपालखबर
मंसिर २५, २०७७ बिहिबार १०:३५,

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २१७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभरमा थप १ हजार २१७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४५ हजार ६५० पुगेको छ भने आज देशभरमा सक्रिय संक्रमितको संख्या १२ हजार ३८६ रहेको छ।

मन्त्रालयका अनुसार पछिल्ले २४ घण्टामा थप १ हजार ६४ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै निको हुनेको संख्या २ लाख ३१ हजार ६०१ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप १२ जना कोरोना संक्रमितको निधन भएको छ। योसँगै सक्रमणका कारण निधन हुनेको संख्या १ हजार ६६घ पुगेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .