बीबीसीका अनुसार आगामी जनवरी १० सम्म यस लकडाउन लागू हुनेछ।
कोरोना भाइरसको बढ्दो संक्रमणलाई रोक्नका लागि देशव्यापी लकडाउन पुनः लागू गरिएको जर्मन चान्सलर एन्जेला मर्केलले बताएकी छिन्।
कोरोनालाई रोक्नका लागि यस कदम अपरिहार्य रहेको उनको भनाइ छ।
जर्मनीमा पछिल्लो तथ्यांक अनुसार एकैदिनमा २० हजार नयाँ संक्रमित थपिएका छन् भने दैनिक ३ सयभन्दा बढीको मृत्यु भइरहेको छ।
यसबीचमा मर्केलले केहीदिन अगाडि सबैसँग हात जोडेरै कोरोनाविरुद्धको नियम पालना गर्न आग्रह गरेकी थिइन्।
जर्मनीमा रेस्टुरेन्ट र बारहरु ६ हप्ताको लागि बन्द गरिएको छ भने अत्यावश्यक क्षेत्र जस्तै बैंक, खाद्यान्न पसलहरु खुला हुनेछन्।
60
Shares
प्रतिक्रिया