ad ad

समाज


कञ्चनपुरको महाकालीमा बीओपी स्थापना

कञ्चनपुरको महाकालीमा बीओपी स्थापना

नेपालखबर
मंसिर २८, २०७७ आइतबार १२:२४,

कञ्चनपुरको महाकाली नगरपालिका १० स्थित कुतिवा कभरमा सशस्त्र प्रहरी बल, नेपालको बोर्डर आउट पोस्ट (बीओपी) स्थापना भएको छ।

आइतबार आयोजित एक कार्यक्रमबीच सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबाबु थापाले उक्त बीओपीको उद्घाटन गरेका हुन्।

त्यसअवसरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक थापाले अहिलेको परिस्थितिमा जनताको सेवा, सुरक्षाको ठूलो जिम्मेवारी आएको हुँदा व्यक्तिगत समस्यालाई ध्यानमा राखी अझै बढी अनुसाशित एवं कर्तव्यनिष्ट भई कार्यक्षेत्रमा परिचालन हुन निर्देशन दिए।

उनले सीमा क्षेत्रमा हुने अपराधिक क्रियाकलाप नियन्त्रण गर्न सशस्त्र
प्रहरीको ठूलो भूमिका रहेको चर्चा गर्दै सरकारको नीति अनुरुप
मिमाना लाई अझ बजबुद बनाउनका लागि तथा सीमा अपराध नियन्त्रण र रोकथाम गर्नका लागि सशस्त्र प्रहरी बल, नेपालको बोर्डर आउट पोस्टहरु थप गर्दै लगिने बताए।

कञ्चनपुर जिल्लाको सदरमुकामदेखि करीव २० किलोमिटरको दूरीमा नेपाल–भारत सीमानाकाभन्दा करिब २ किलोमिटर वर स्थापना गरिएको उक्त बीओपीले आजैबाट दैनिक कार्य सुचारु गरेको छ।

सो कार्यक्रममा नगरपालिकाका मेयर बीरबहादुर सुनार, उपमेयर चिनी गिरी ओझा, प्रमुख जिल्ला अधिकारी रामकुमार महतो, सशस्त्र प्रहरी बल, नेपालनम्बर ७ बैद्यनाथ बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक प्रविणकुमार श्रेष्ठ लगायत सशस्त्र प्रहरी बल र प्रहरीका बरिष्ठ
अधिकृतहरुको समेत उपस्थित रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .