ad ad

समाज


धनुषामा बाक्लो हुस्सुका कारण ट्याक्टर पल्टिँदा चालकको मृत्यु

धनुषामा बाक्लो हुस्सुका कारण ट्याक्टर पल्टिँदा चालकको मृत्यु

शैलेन्द्र महतो
मंसिर ३०, २०७७ मंगलबार ६:३२,

 बाक्लो हुस्सुको कारण धनुषामा टयाक्टर पल्टिँदा धनुषामा एक जनाको मृत्यु भएको छ।

दुर्घटनामा विदेह नगरपालिका– ५, मुडिबाका ३५ वर्षीय दिलीप पासवानको मृत्यु भएको हो।

गएराति सहिदनगर नगरपालिकाको हठीपुरबाट ज १ त ६९६३ नम्बरको ट्याक्टर चलाएर आफ्नो घर फर्किरहेको बेला हुस्सुको कारण बाटो नदेखिएर ट्याक्टर पल्टिएको जिल्ला प्रहरी कार्यालय धुनषाले जानकारी दिएका छ।

दुर्घटनामा परी गम्भीर घाइते भएका पासवनको उपचारको लागि जनकपुर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो।

मृतक पासवानको शव प्रोस्टमार्टमका लागि प्रादेशिक अस्पताल ल्याएको र घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .