ad ad

समाज


विवाह पञ्चमीको दोस्रो दिन : जनकपुरमा ‘फूलबारी लीला’ मनाइँदै

विवाह पञ्चमीको दोस्रो दिन : जनकपुरमा ‘फूलबारी लीला’ मनाइँदै

शैलेन्द्र महतो
मंसिर ३०, २०७७ मंगलबार ७:२५,

सप्ताहव्यापी सीताराम विवाह पञ्चमी महोत्सवको दोस्रो दिन मंगलबार जनकपुरमा ‘फूलबारी लीला’ मनाइँदै छ।

फूलबारी लीलामा राम र लक्ष्मणलाई पुष्पबाटिकामा घुमाउने गरिन्छ, जहाँ राम र जानकीको पहिलो भेट भएको थियो।

मंगलबार दिउँसो जानकी मन्दिरको छेउमा रहेको विवाहमण्डपको फूलबारी राम र लक्ष्मणलाई अवलोकन गराई फूलबारी लीला मनाउने कार्यक्रम रहेको जानकी मन्दिरका महन्त रामतपेश्वर दास बैष्णवले जानकारी दिए। यस दिन राम र लक्ष्मणको स्वरुप बनाइएका बालबालिकालाई फूलबारीमा घुमाउने प्रचलन छ।

त्रेता युगमा गुरु विश्वामित्रसहित धनुष यज्ञमा अयोध्यबाट मिथिलाको राजधानी जनकपुरधामा भाग लिन आएका राम र लक्ष्मण फूलबारीमा घुम्न जाँदा राम र सीताको नजर एक अर्कामाथि परेको किम्वदन्ती छ। त्यहिँ राम र जानकी एक–अर्काप्रति आकिर्षत भएको र सीताले आफूलाई रामजस्तै वर पाऊँ भनि कामना गरेको भन्ने मान्यता रहेको छ।

यसअघि पहिलो दिन सोमबार राम र लक्ष्मणलाई नगरदर्शन गराइएको थियो।

त्रेता युगामा भएको मर्यादा पुरुषोतम् भगवान राम र आदर्श नारी सीताको विवाहको स्मरणमा प्रत्येक वर्ष जनकपुरमा धुमधामसंग विवाहपञ्चमी पर्व मनाइन्छ । यस वर्ष मंसिर २९ गतेदेखि सुरु भएको रामजानी विवाहको काम पुस ५ गतेसम्म चल्ने छ।

विवाह पञ्चमीको तेस्रो दिन भोलि पुस १ गते बुधबार धनुष यज्ञ, २ गते बिहीबार तिल्कोत्सव, ३ गते शुक्रबार राम र जानकीको मटकोर रहेको छ भने पुस ४ गते विवाहपञ्चमीको मुख्यदिन विवाह रहेको छ। पुस ५ गते रामकलेवा गरी विधिवत् रुपमा सीताराम विवाह पञ्चमी महोत्सव समापन हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .