ad ad

समाज


हातखुट्टा बाँधेको अवस्थामा उपमेयरको शौचालयमा भेटिइन् बालिका, बलात्कार प्रयास गरेको आरोप

हातखुट्टा बाँधेको अवस्थामा उपमेयरको शौचालयमा भेटिइन् बालिका, बलात्कार प्रयास गरेको आरोप

शैलेन्द्र महतो
पुस २, २०७७ बिहिबार १३:३०,

महोत्तरीको मनरा सिसवा नगरपालिकाकी उपमेयर रमिता प्रधानका श्रीमान विनोद गामीमाथि छिमेककी १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेको छ।

मनरासिसवा नगरपालिका ६ की ती बालिका बुधबार साँझ ७ बजे साथीको घरबाट आफ्नो घर फर्किरहेको बेला अचानक बेपत्ता भएकी थिइन्। बालिकाको खेजतलासका क्रममा साँझ ७ बजे गामीको घर अगाडि बालिकाको एउटा चप्पल फेला परेको थियो।

खोजतलास गर्दै जाँदा शौचालयमा हातखुट्टा बाँधेको अवस्थामा बालिका फेला परेपछि उद्धार गरेको प्रहरी चौकी सरपल्लोले जनाएको छ।

‘अचानक बालिका बेपत्ता भएको र बालिका गामीको शौचालयमा छ भन्ने खबर पाएपछि तुरन्तै पुग्दा बालिका हातखुट्टा बाँधिएको अवस्थामा फेला परिन्’ चौकी इन्चार्ज रामइश्वर महतोले नेपालखबरसँग भने।

बालिकाले आफूलाई स्थानीय गीना बैठाले मुख थुनेर शौचायमा लगेपछि गामी र स्थानीय परीक्षणले हातमुख बाँधेर शौचालयमा राखेको बयान दिएको प्रहरीले जनाएको छ।

tyre-baleko.jpg

पीडित परिवारले भने बालिकालाई अपहरण गरी शौचालयमा लगेर हात खुट्टा बाँधेर मुखमा कपडा कोची गामी लगायतले बलात्कार प्रयास गरेको आरोप लगाएका छन्। घटनामा संलग्नमाथि कडा कारबाही गर्न परिवारजनले माग गरेका छन्।

राति नै जिल्ला प्रहरी कार्यालयको टोलीले जलेश्वर अस्पताल लगेर बालिकाको स्वास्थ्य परीक्षण गराएको छ। घटना लगतै उपमेयरका पति गामी, परीक्षण साह र मुख थुनेर बालिकालाई लग्ने महिला गीना बैठा बेपत्ता भएका छन्। तीनैजनाको खोजिकार्य जारी रहेको र घटनाका विषमया थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

बिहीबार स्थानीय बासिन्दाले प्रहरीले समयमै गामी लगायतलाई पक्राउ गर्न नचाहेपछि भागेको भन्दै जलेश्वर बर्दिवास सडक खण्ड अवरुद्ध गर्दै टायर बालेर प्रदर्शन गरेका छन्।

यता बालिकालाई बन्धक बनाएर बलात्कार प्रयासको आरोप लागेका उममेयरका श्रीमान विनोद गामीले राजनीतिक प्रतिसोधका कारण आफूलाई फसाउन खोजिएको दाबी गरे।

नेपालखबरलाई फोन सम्पर्क गर्दै उनले भने ‘म नगरपालिका कार्यालयमै थिएँ। स्थानीय जिवोदेवीले पहिलादेखि नै आफूसँग राजनीतिक रिसीबी साध्न प्रपञ्च रचेर बालिकालाई शौचालयमा हातखुट्टा बाँधेर प्रहरी बोलाइन्। राजनीतिक प्रतिष्पर्धामा म अगाडि रहेका कारण जीवोले मेरो चरित्र बिगार्न यस्तो षडयन्त्र गरेकी हुन्। म निर्दोष छु।’

उनले घटनाको सुक्ष्म अनुन्धान गर्न आग्रह गर्दै आफू दोषी भए कारबाहीको लागि तयार रहेको समेत बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .