ad ad

समाज


विवाहपञ्चमी महोत्सव : राम र जानकीको स्वयम्बर सकियो, साँझ विवाह (फोटो फिचर)

विवाहपञ्चमी महोत्सव : राम र जानकीको स्वयम्बर सकियो, साँझ विवाह (फोटो फिचर)

शैलेन्द्र महतो
पुस ४, २०७७ शनिबार १०:२८,

जनकपुरमा भगवान राम र सीताको स्वयम्बर सकिएको छ। जनकपुरका ऐतिहासिक बाह्रिबघा रंगभूमि मैदानमा राम र जानकीको ‘डोला फेर’ गरी शनिबार दिउँसो स्वयम्बर गरिएको हो।

राम मन्दिरबाट भगवान रामको डोल र जानकी मन्दिरबाट जानकीको झाकी कीर्तन, बाजागाजासहित निस्केर बाह्रबिघाम मैदानमा पुगेपछि डोला फेर गरी स्वयम्बर हुने गर्दछ।

No description available.

त्रेता युगमा आजकै दिन जनकपुरमा रामजानकीको स्वयम्बर र विवाह भएको स्मरणमा जनकपुरमा उत्साहपूर्वक विवाहपञ्चमी महोत्सव मनाउने गरिन्छ।

No description available.

बाह्रबिघाम मैदानमा डोला फेर गरी भएको रामसीताको स्वयम्बर हेर्न हजरौंको संख्यामा यस वर्ष पनि श्रद्धालु भक्तजनहरुको घुइँचो लागेको थियो।

बाह्रबिघामा स्वयम्बरपश्चात निस्केको दुबै डोल जनकपुरको परिक्रमा गरी जानकी मन्दिर पुगेको छ। साँझदेखि जानकी मन्दिर प्रांगणमा बनाइएको विवाहमण्डपमा राम र जानकीको विवाहको काज सुरु हुने छ। त्यहाँ हजारौं श्रद्धालुहरु रातभर जग्राम बसेर राम र जानकीको विवाह हेरेर रमाउने गर्दछन्।

No description available.

विवाह मिथिलाको वैदिक परम्परा अनुसार विवाह गरिन्छ। जहाँ सुमधुर गीतसंगीत झाँकी र मिथिलाको गाली गीत जन्तीलाई सुनाएर मजाक गर्ने तथा रमाउने गरिन्छ।

No description available.

आइतबार साधुशन्तको विदाई गरी राम कलेवा गरी विवाहपञ्चमी महोत्सव सम्पन्न हुने छ। यसवर्ष कोरोना महामारीको कारण प्रशासनले गरेको कडाइका कारण लाखौं संख्यामा भक्तजन सहभागी हुन नसकेपनि एक लाखभन्दा बढीको सहभागिता मेलामा देखिएको छ।

जनकपुरमा प्रत्येक वर्ष सप्ताहब्यापी रुपमा विवाहपञ्चमी महोत्सव मनाउने गरिन्छ।

 

No description available.

No description available.

No description available.

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .