ad ad

समाज


कलंकी जान मोटरसाइकलमा लिफ्ट मागेकी युवतीले चोभार पुर्‍याएर लुटाइन्

कलंकी जान मोटरसाइकलमा लिफ्ट मागेकी युवतीले चोभार पुर्‍याएर लुटाइन्

नेपालखबर
पुस ८, २०७७ बुधबार ११:४४,

काठमाडौंमा एक युवतीले लिफ्ट मागेर लुटेरासम्म पुर्‍याएको पाइएको छ। रत्नपार्कबाट कलंकी जान भन्दै लिफ्ट मागेकी युवतीले चोभार पुर्‍याएकी थिइन्।

 लुटेराहरु बसिरहेका थिए। युवतीले लुटेराहरुसम्म पुर्‍याएर लुटपाट गराएकी हुन्।

युवतीलाई लिफ्ट दिएका सिन्धुलीको कमलामाई नगरपालिका २ का भोलाबहादुर जर्घामगर लुटिएका हुन्। उनको ६ तोलाको सुनको सिक्री, दुईवटा मोबाइल, चस्मा र ७ हजार रुपैयाँ लुटपाट भएको हो।

लुटपाटमा संलग्न मध्ये दोलखाको सैलुङ गाउँपालिका ३ का ४९ वर्षीय लालबहादुर श्रेष्ठलाई प्रहरीले बुधबार पक्राउ गरेको छ। अन्य व्यक्ति भने फरार रहेका छन्। उनलाई कारबाहीका लागि महानगरीय प्रहरी परिसर ललितपुरमा पठाइएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले बताए। यो समूहले युवतीको प्रयोग गरेर लुटपाट गर्ने गरेको एसएसपी थापाले बताए।

कलंकी जाने भन्दै मोटरसाइकलमा चढेकी युवतीले बिचबाटोमा पुगेपछि चोभारसम्म पुर्‍याइदिन आग्रह गरेकी थिइन्। युवतीको आग्रहपछि उनलाई पुर्‍याउन चोभार पुगेका भोलाबहादुरलाई त्यहाँ रड देखाएर केही व्यक्तिले लुटपाट गरेका थिए। अन्य फरार व्यक्तिको खोजी भइरहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .