ad ad

समाज


भक्तपुरमा भैंसी बोकेको ट्रक पल्टिँदा चालकको मृत्यु

भक्तपुरमा भैंसी बोकेको ट्रक पल्टिँदा चालकको मृत्यु

नेपालखबर
पुस १०, २०७७ शुक्रबार ५:१६,

भक्तपुरमा गएराति भैँसी बोकेको ट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ।

भक्तपुरको सूर्यबिनायक नगरपालिका ८ आदर्श महेश्वरी पेट्रोलपम्प नजिक ना ६ ख ३९८२ नम्बरको ट्रक दुर्घटना हुँदा चालक ३० वर्षीय कैमोदिन अन्सारीको मृत्यु भएको प्रहरी उपरीक्षक दिपक गिरीले जानकारी दिए।

वीरगञ्ज महानगरपालिका १२ घर भएका अन्सारीको शव दुर्घटनामा परेको ट्रकमा च्यापिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। दुर्घटना गए राति करिब २ बजे भएको हो।

ट्रकमा रहेका ११ वटा भैसी पनि घाइते भएका छन्। मृतक कैमोदिनको शव पोष्टमार्टमको लागि केएमसी अस्पताल दुवाकोट पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .