ad ad

समाज


रेडक्रसको उपमहामन्त्रीमा ढकाल

रेडक्रसको उपमहामन्त्रीमा ढकाल

नेपालखबर
पुस १२, २०७७ आइतबार १३:५४,

नेपाल रेडक्रस सोसाइटीको रिक्त उपमहामन्त्रीमा कास्कीका दिपेन्द्रराज ढकाल मनोनित भएका छन्। यस अघि ढकाल केन्द्रीय तदर्थ समितिको सदस्य थिए।

नेपाल रेडक्रस सोसाइटीको पुस ९ गते बसेको केन्द्रीय कार्यसमितिको २९४ औँ बैठकले नेपाल रेडक्रस सोसाइटीको प्रचलित विधान बमोजिम कार्यभार सञ्चालन गर्ने गरी ढकाललाई मनोनयन गरेको हो। आजै नेपाल रेडक्रसको प्रांगणमा आयोजित एक कार्यक्रमवीच उनलाई नेपाल रेडक्रसका अध्यक्ष डा. नेत्र प्रसाद तिम्सिनाले मनोनयनको पत्र हस्तान्तरण गरे।

उपमहामन्त्रीको पदभार ग्रहण गर्दै ढकालले समुदायसँग अझ नजिक हुने गरी रेडक्रसका सेवा प्रवाह गर्न आफू लागिपर्ने बताए।

पदभार ग्रहण कार्यक्रममा नेरेसोका उपाध्यक्षद्धय शर्मिला कार्की र डा. विश्वकेशर मास्के, केन्द्रीय सदस्यहरु, कार्यकारी निर्देशक उमेश ढकाल र नेरेसोका कर्मचारीहरु उपस्थित थिए।

ढकालको नियुक्तिसँगै २०७७ साउन १२ गते नेपाल सरकार (मन्त्रिपरिषद) ले गठन गरेको बर्तमान तदर्थ कार्यसमितिमा सबै पदाधिकारीहरुको पद अब पूर्ण भएको नेरेसो सञ्चार निर्देशक दिव्यराज पौडेलले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .