ad ad

समाज


कोरोनाविरुद्धको खोप लगाएका दुई व्यक्तिको मृत्यु, खोपपछि देखिएका थिए यस्ता लक्षण

कोरोनाविरुद्धको खोप लगाएका दुई व्यक्तिको मृत्यु, खोपपछि देखिएका थिए यस्ता लक्षण

नेपालखबर
पुस १६, २०७७ बिहिबार ८:४०,

इजरायल र स्वीजरल्यान्डका गरी दुई जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।

बेलायती संचारमाध्यम डेली स्टारका अनुसार गत डिसेम्बर २४ मा फाइजर र बायोएनटेकको खोप लगाएका एक ९१ वर्षका वृद्धको यसैहप्ताको मंगलबार मृत्यु भएको हो।

खोप लगाएको दुई दिनपछि नै उनको ब्लड प्रेसर घटेको थियो भने मुटु धड्किने मात्रा बढेको थियो। साथै उनको पेट दुख्ने र पिसाब थैलीमा समस्या देखिएको थियो।

यसअघि उनमा फ्लुको भ्याक्सिन लगाउँदा पनि गम्भीर प्रतिकुल असर देखिएको थियो।

स्वीजरल्यान्डको औषधि नियामक संस्था स्विसमेडिकका अनुसार कोरोनाको खोप प्रयोग गरेकै कारण उनको मृत्यु भएको होइन। उनमा पहिले पनि धेरै प्रकारको बिरामी रहेको बताइएको छ।

यस्तै कोरोनाको खोप प्रयोगपछि मृत्यु भएका अर्का व्यक्ति इजरायलका हुन्। ७५ वर्षका उनको खोप प्रयोग भएको एक घण्टामै मृत्यु भएको थियो।

न्युयोर्क पोस्टका अनुसार उनको हृदयघातका कारण मंगलबार मृत्यु भएको हो। यस घटनामा पनि खोपले उनको ज्यान नलिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यद्यपी खोप प्रयोग भएको केही समयमै उनी अचेत भने भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .