भारतको औषधि नियामक संस्था ड्रग्स कन्ट्रोलर जनरल अफ इन्डिया डीसीजीआईले अक्सफोर्डको खोप कोभिडशिल्ड र भारतकै बायोटेक कोभ्याक्सिनलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको हो।
डीसीजीआईका अनुसार बायोटेक कोभ्याक्सिन ७०.४२ प्रतिशत प्रभावकारी छ। अक्सफोर्डको खोप भने ६२ देखि ९० प्रतिशत प्रभावकारी देखिएको विभिन्न अनुसन्धानले जनाएका छन्।
डीसीजीआईले दुईवटा खोपलाई स्वीकृति दिएसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले खुशी व्यक्त गर्दै भारतलाई कोरोनामुक्त गर्न यी खोपले सहयोग पुर्याउने बताएका छन्।
मोदीले ट्वीटमा भारतमै बनेको खोपले समेत स्वीकृति पाएको बताउँदै भारत विभिन्न विषयमा आत्मनिर्भर बन्दै गएको पनि उल्लेख गरेका छन्।
— Narendra Modi (@narendramodi) January 3, 2021It would make every Indian proud that the two vaccines that have been given emergency use approval are made in India! This shows the eagerness of our scientific community to fulfil the dream of an Aatmanirbhar Bharat, at the root of which is care and compassion.
प्रतिक्रिया