ad ad

समाज


विमान दुर्घटनाः इन्डोनेसियाली उद्धारकर्ताले मानव अवशेष फेला पारे

विमान दुर्घटनाः इन्डोनेसियाली उद्धारकर्ताले मानव अवशेष फेला पारे

नेपालखबर
पुस २६, २०७७ आइतबार ८:२१,

जकार्ताबाट शनिबार अपराह्न उडेको एउटा यात्रुबाहक विमान उडेको केही मिनेटभित्रै जकार्ता नजिकको समुद्री क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो। विमानमा चालक दलका सदस्य सहित ६२ जना सवार थिए।

जकार्ताको सोकार्नो–हाता अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको श्रीविजया एयरको बोइङ ७३७–५०० विमान उडेको चार मिनेटभित्रै सिधै समुद्रमा खसेको अनुसन्धानबाट खुलेको थियो।

Indonesia plane crash: Human reamins found by the Sriwijaya Air rescue  operation - CNN

इन्डोनेसियाली यातायात मन्त्रालयका अनुसार, सेना समेतको सहयोगमा गोताखोरहरुले विमानको अवशेष पानीको सतहभन्दा करिब ७५ फिटमुनि फेला पारेका थिए। विमानको भ्वाइस तथा डाटा रेकर्डर भने फेला परेको छैन।

इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले गहिरो समवेदना व्यक्त गरेका छन्।

विमानमा सवार सबै व्यक्ति इन्डोनेसियाली रहेका थिए जसमा १० जना बालबालिका पनि थिए। एएफपी

याे पनि :  इन्डोनेसियामा बेपत्ता भएको विमानबारे प्रत्यक्षदर्शी माझी भन्छन्ः समुन्द्रमा खस्दा ठूलो विस्फोट भयो

इन्डोनेसियामा ६२ यात्रु बोकेर उड्नासाथ बेपत्ता विमान खसेको स्थान ‘पत्ता लाग्याे’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .