ad ad

राजनीति


कांग्रेस र एमाले परिवर्तनका सहयोगी मात्रै हुन् : डा. भट्टराई

कांग्रेस र एमाले परिवर्तनका सहयोगी मात्रै हुन् : डा. भट्टराई

नेपालखबर
माघ १६, २०७७ शुक्रबार ५:३१,

पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले न्पाली कांग्रेस र तत्कालीन नेकपा एमाले परिवर्तनको सहभयोगी मात्रै भएको बताएका छन्।

शुक्रबार सामाजिक सञ्जाल ट्विटरमा एक ट्विट लेख्दै अध्यक्ष भट्टराईले माओवादी जनयुद्ध, मधेस विद्रोह/आन्दोलन, जनजाति र थारू विद्रोह, दलित आन्दोलन, नागरिक आन्दोलन नै अग्रगामी परिवर्तनका मुख्य वाहक भएको दावी गरेका हुन्।

डा. भट्टराईले परिवर्तनको वहाक भएकै कारण अहिले ओलीप्रतिगमन विरूद्ध मोर्चा कस्ने र प्राप्त उपलब्धिको रक्षा गर्दै अघि बढ्ने दायित्व पनि उनीहरुकै भएको बताएका छन्।

‘समकालीन नेपालमा माओवादी जनयुद्ध, मधेस विद्रोह/आन्दोलन, जनजाति आन्दोलन, थारू विद्रोह, दलित आन्दोलन, नागरिक आन्दोलन नै अग्रगामी परिवर्तनका मुख्य वाहक हुन्। कांग्रेस–एमाले सहयोगी हुन्। अतः अहिले ओलीप्रतिगमन विरूद्ध मोर्चा कस्ने र प्राप्त उपलब्धिको रक्षा गर्दै अघि बढ्ने यिनकै दायित्व हो है!’, डा. भट्टराईले ट्विटरमा लेखेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .