ad ad

समाज


हङकङको पानीजहाजसँग ठोक्कियो जापानी पनडुब्बी, तीन जना घाइते

हङकङको पानीजहाजसँग ठोक्कियो जापानी पनडुब्बी, तीन जना घाइते

नेपालखबर
माघ २७, २०७७ मंगलबार १२:१९,

जापानको दक्षिणी तटमा उक्त दुर्घटना भएको थियो। सोमबारको यस घटनामा तीनजना घाइते भएको एससीएमपीले जनाएको छ।

८४ मिटर लामो सोर्यू पनडुब्बी ५० किलोमिटरको दुरी तय गर्दै थियो। उक्त पनडुब्बी जापानको दक्षिणपश्चिमी सिकोकु टापुतर्फ जाँदै थियो।

सोही क्रममा चीनको सिङदाओबाट ओकायामा जाँदै गरेको हङकङको जहाजसँग पनडुब्बी ठोक्किएको थियो।

हङकङको जहाजले ९० हजार टन फलाम बोकेको थियो। त्यहाँ २१ चिनियाँ कामदार थिए।

पनडुब्बी जहाजसँँग ठोक्किनु दुखद घटना भएको बताउँदै जापानले यस विषयमा अनुसन्धान गर्ने बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .