ad ad

समाज


अस्ट्रेलियाको संसदमै भयो बलात्कार, प्रधानमन्त्री मरिसनले मागे माफी

अस्ट्रेलियाको संसदमै भयो बलात्कार, प्रधानमन्त्री मरिसनले मागे माफी

नेपालखबर
फागुन ४, २०७७ मंगलबार ५:२७,

२६ वर्षकी पूर्व कर्मचारी ब्रिटानी हिगिन्सले सन् २०१९ मा आफूमाथि सत्ताधारी पार्टीका उच्च अधिकारीले संसदमै बलात्कार गरेको आरोप लगाएकी हुन्।

यो घटना बाहिरिएपछि यतिबेला अस्ट्रेलियामा तरंग पैदा भएको छ। देशभर यस विषयमा टिकाटिप्पणी सुरु भएपछि मरिसनले हिगिन्ससँग माफी मागेको बीबीसीले जनाएको छ।

हिगिन्सले च्यानल टेन टेलिभिजनको कार्यक्रम ‘द प्रोजेक्ट’सँगको अन्तर्वार्तामा आफूमाथि पूर्व रक्षामन्त्री लिन्डा रेनल्ड्सको कार्यालयमा बलात्कार भएको बताएकी हुन्।

त्यसबेला उनले आफ्नो जागिर जाने त्रासका कारण यस घटनालाई सार्वजनिक गरेकी थिइनन्।

उनले च्यानल टेनसँग भनेकी छिन्,‘मैले सन् २०१९ मा प्रहरीसँग आफूमाथि भएको बलात्कारको बारेमा कुराकानी गरेको थिए। तर त्यसबेला जागिर जाने त्रासका कारण मैले प्रहरीमा उजुरी नदिई मन्त्रालयमा यस विषय भने। मलाई त्रास थियो मेरो जागिर जानेछ।’

उनले आफूले उक्त जागिर पाउन निकै मिहिनेत गरेको पनि बताएकी छिन्। यतिबेला भने उनी त्यहाँ काम गर्दैनन्।

Image result for higginsहिगिन्स

अस्ट्रेलियाका प्रहरीले पनि हिगिन्सले उनले प्रहरीसँग बलात्कारको विषय बताएको तर उजुरी नहालेको पुष्टि गरेका छन्। रक्षामन्त्रीको कार्यालयलाई यस विषयमा पुरा जानकारी दिएपछि एउटा बैठक पनि बोलाइएको थियो।

तर चुनावको आह्वान भइसकेकाले नतिजामा असर गर्ने भएपछि यो घटना लुकाइएको थियो।

हाल प्रधानमन्त्री मरिसनले ती महिलासँग माफी मागेर यस विषयमा अनुसन्धान गर्न आदेश दिएका छन्।

उनले भनेका छन्,‘यो घटना हुनै हुँदैन थियो। तर जे भयो त्यसको लागि म माफी माग्छु। हामी यो सुनिश्चित गर्छौ कि महिलाको कार्यस्थल सुरक्षित हुनेछ र उहाँहरुलाई प्रणालीमा भरोसा गर्न आग्रह गर्दछु।’

यसअघि पनि लिबरल पार्टी भित्रका महिलामाथि दुर्व्यवहार भएको खबर आएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .