ad ad

समाज


भागरथी हत्या प्रकरण : शंकास्पद एक जना महेन्द्रनगरबाट पक्राउ

भागरथी हत्या प्रकरण : शंकास्पद एक जना महेन्द्रनगरबाट पक्राउ

गोकुल जोशी
फागुन ४, २०७७ मंगलबार ११:३३,

बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

घटनाको अनुसन्धानमा प्रहरीको निगरानीमा रहेका दोगडाकेदार गाउँपालिकाकै एक जनालाई महेन्द्रनगरबाट नियन्त्रणमा लिएको प्रहरी स्रोतले जनाएको छ।

स्रोतका अनुसार पक्राउ पर्ने व्यक्ति सार्वजनिक पद धारण गरेका व्यक्ति हुन। भागरथीको घटना भएको केही दिनपछि उनी बिदा लिएर महेन्द्रनगर आएका थिए।

प्रहरीले घटनाको दिन र घटनापछि गाउँ छाड्नेको सूची तयार गरेर उनीहरुमाथि निगरानी बढाएको थियो। तीमध्ये केही व्यक्तिलाई प्रहरीले उच्च निगरानीमा पनि राखेको थियो।

यद्यपि अनुसन्धान प्रभावित भन्दै प्रहरीले भने यस विषयमा आधिकारिक धारणा सार्वजनिक गरेको छैन।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले शंकास्पदहरुलाई ल्याएर सोधपुछ गर्ने कार्य भइरहेको बताए।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेशकुमार सिंहले केही शंकास्पद व्यक्ति सूक्ष्म निगरानीमा रहेको बताए।

‘अहिलेसम्म कसैलाई नियन्त्रणमा लिएका छैनौँ। हाम्रो अनुसन्धान सकारात्मक रुपले अगाडि बढेको छ। फराकिलो दायराबाट सुरु भएको अनुसन्धान साँधुरिँदै गएको छ’, उनले भने, ‘दुई/तीन जना हाम्रो सूक्ष्म निगरानीमा छन्। तथ्यहरु भिडाउँदै छौँ।’

उता गृहमन्त्री रामबहादुर थापा बादलले पनि मंगलाबार सर्वोच्च अदालत, बार एशोसिएसन, महिला समितिको ज्ञापन पत्र बुझ्दै प्रहरी घटनाको दोषी नजिक पुगेको अभिव्यक्ति दिएका थिए।

गत माघ २१ बुधबार विद्यालय गएकी दोगडाकेदार–७ कतोलाकी भागरथीको अर्कोदिन बेलुका बलात्कारपछि हत्या गरिएको अवस्थामा घरनजिकै लबलेक सामुदायिक वनमा शव भेटिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .