बेलायती राजनिवास बकिंघम प्यालेसले ड्युक अफ एडिनबरा प्रिन्स फिलिप्सलाई संक्रमण भएको जानकारी दिएको बीबीसीले जनाएको छ।
यद्यपी के को संक्रमण भनेर खुलाइएको छैन। तर कोरोनाको संक्रमण भने नभएको जानकारी दिइएको छ।
स्वास्थ्यमा समस्या देखिएपछि उनलाई गत १७ फेब्रुअरीदेखि लन्डनस्थित किंग एडवार्ड अस्पतालमा भर्ना गरिएको हो।
९९ वर्षका फिलिप्स महारानी एलिजावेथका श्रीमान हुन्। राजकुमार फिलिप्स र महारानी एलिजाबेथ दुवैले गत जनवरीमा कोरोनाविरद्धको खोप लगाएका थिए।
फिलिप्स यसैवर्षको जुन महिनामा सय वर्षको हुँदैछन्। गत वर्षको नोभेम्बरमा फिलिप्स र एलिजाबेथले ७३ औं विवाह वार्षिकोत्सव मनाएका थिए।
प्रतिक्रिया