ad ad

समाज


जनसंख्याको १.४ प्रतिशतले लगाए कोरोना खोप

जनसंख्याको १.४ प्रतिशतले लगाए कोरोना खोप

नेपालखबर
फागुन १२, २०७७ बुधबार ९:५५,

नेपालमा फागुन १० गतेसम्म १.४ प्रतिशत जनसंख्याले कोभिड १९ खोप लगाएका छन्।

यो अवधिमा चार लाख २९ हजार ७०५ जनाले खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयलका अनुसार पहिलो प्राथमिकताको पहिलो चरण (माघ१४–२४) सम्म एक लाख ८५ हजार ८६५ जनाले खोप लगाएका थिए।

यस्तै, पहिलो प्राथमिकताको पहिलो चरणमा थप (माघ २६–३०) सम्म तीन हजार ४८० र दोस्रो चरणमा (फागुन २देखि १०) सम्म दुई लाख ४० हजार ३६० जनाले खोप लगाएका छन्।

नेपालको कूल जनसंख्या तीन करोड तीन लाख ७८ हजार ५५ रहेको छ।

अबको चरणमा ५५ वर्षमाथिकालाई खोप दिइने बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .