ad ad

समाज


भारतको सहयोगमा सेतो मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माण सुरु

भारतको सहयोगमा सेतो मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माण सुरु

नेपालखबर
फागुन १६, २०७७ आइतबार १२:३,

काठमाडौं उपत्यकाको संरक्षक देवता मानिने सेतो मच्छिन्द्रनाथको पुनर्निर्माण कार्य सुरु भएको छ।

नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत तथा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आज संयुक्त रुपमा भूमि पूजन गरी पुनर्निर्माण कार्यकाे थालनी गरे।

साँस्कृतिक सम्पदा क्षेत्रको पुनर्निर्माणमा भारत सरकारले प्रतिबद्धता जनाएको पाँच अर्ब आठ करोड रुपैयाँ आर्थिक सहयोग अन्तर्गत पुनर्निर्माण हुन लागेका २८ साँस्कृतिक सम्पदा मध्ये यो पहिलो परियोजना हो। यी सबै २८ साँस्कृतिक सम्पदा क्षेत्रहरु नेपाल सरकारले पहिचान गरेका हुन्। सन् २०१७ अगस्टमा यी क्षेत्रहरुको पुनर्निर्माण हेतु नेपाल सरकार र भारत सरकारबीच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो।

नेपालको प्राचीन स्मारक संरक्षण ऐनले निर्धारण गरेको मापदण्ड अनुरुप पुनर्स्थापना कार्य गर्नका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) ले निकायहरुको पहिचान गरिरहेको छ। केन्द्रीय आयोजना इकाई (भवन) यी परियोजनाहरुको कार्यान्वयन इकाई हो।

२०७२ सालको भूकम्पले क्षतिग्रस्त यो मन्दिर १० औं शताब्दीमा मल्ल युगमा निर्माण गरिएको विश्वास छ। काठमाडौं उपत्यकाको संरक्षक देवता मानिने र काठमाडौं शहरको मुटुमा रहेको सेतो मच्छिन्द्रनाथ मन्दिरमा दुवै हिन्दू र बौद्ध धर्मावलम्बीहरुले आस्थाका साथ पूजा गर्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .