ad ad

समाज


पीसीपीएस कलेजको तेश्रो दिक्षान्तमा ६४ विद्यार्थी दीक्षित

पीसीपीएस कलेजको तेश्रो दिक्षान्तमा ६४ विद्यार्थी दीक्षित

नेपालखबर
फागुन १७, २०७७ सोमबार १२:२८,

पाटन कलेज फर प्रोफेसनल स्टडिज (पीसीपीएस कलेज) ले आफ्नो तेश्रो दिक्षान्त मनाएको छ। सो कलेज बेलायतस्थित प्रसिद्ध बेडफर्डशाईर विश्व विद्यालयसँग आवद्ध छ।

सोमबार आयोजित समारोहमा कम्प्युटर विज्ञान एवं सफ्टवेयर इन्जिनिरिङ र बीबीए बिषयसँग सम्बन्धित कूल ६४ जना विद्यार्थीहरुले स्नातक तह उत्तीर्ण गरेको प्रमाण पत्र प्राप्त गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्ण गोपाल श्रेष्ठले प्रमाण पत्र प्राप्त गर्ने विद्यार्थीहरुलाइ बधाई ज्ञापन गर्दै राष्ट्रको समग्र विकासमा सूचना प्रविधिको उच्चतम प्रयोग गर्नु पर्ने बताए। साथै शिक्षा ऐनको संशाेधन गरी आधुनिक शिक्षा प्रणालीको विकास गर्नका लागि एउटा छुट्टै विशेष कार्यदल बनाएर काम थालिने पनि जानकारी गराइन्।

यसैगरि समारोहमा एलबीईएफ ग्रुपका अफ इन्स्टिट्युसनका अध्यक्ष पंकज जालानले २०१७ ईस्वी सनमा स्थापित पीसीपीसीले आफूलाई आज मुलुककै अग्रपंक्तिको शैक्षिक संस्थाको रुपमा उभ्याउन सफल भएको बताए।

‘नेपाली विद्यार्थीहरु नेपालमै अन्तर्राष्ट्रियस्तरको शिक्षा प्रभावकारी रुपमा प्रदान गर्ने हाम्रोे सपनालाई साकार पार्न यस कलेजले ठुलो भूमिका खेलिरहेको छ,’ उनले भने।

समारोहमा काठमान्डू विश्व विद्यालयका उपकुलपति प्रा.डा. भोला थापाले स्नातक तह उत्तीर्ण गर्ने विद्यार्थीहरुको उज्ज्वल भविष्यको कामना गर्दै उनीहरुको शैक्षिक उपलब्धि प्रति आफू गौरवान्वित भएको बताए।

एनबीसीसीआईका अध्यक्ष राजेन्द्र खेतानले यी विद्यार्थीहरुले भोलि कार्पोरेट क्षेत्रको चुनौतीहरुलाई उच्च व्यावसायिक क्षमताका साथ सामना गर्न सक्ने विश्वास व्यक्त गरे। यससँगै दिक्षित विदार्थी हरुलाई नेपाली श्रम बजारमा स्वागत पनि गरे।

कार्यक्रममा एलबीईएफ ग्रुप अफ इन्स्टिट्युसनका कार्यकारी निर्देशक इन्जिनियर प्रकाश कुमार केजरिवालले स्नातक तह उत्तिर्ण विद्यार्थीहरुप्रति खुसी व्यक्त गर्दै आफूलाई गौरव लागेको बताए।

पीसीपीएस अहिले कम्प्युटर विज्ञान एवं सफ्टवेयर इन्जिनेरिङ र बिजनेस एड मिनिस्ट्रेसन बिषयमा स्नातक तहको शिक्षा प्रदान गरिरहेको छ। यसैगरी यस कलेजले फुसेमसिंस नामक कम्पनिसँग साझेदारी गरी आर्टिफिसिएल इन्टेलिजेन्स बिषयमा माइक्रो डिग्री कार्यक्रम पनि सञ्चालन गरिरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .