ad ad

समाज


बकाइनोको रुखमा पुरुषको शव फेला

बकाइनोको रुखमा पुरुषको शव फेला

नेपालखबर
फागुन १९, २०७७ बुधबार ३:४४,

मकवानपुरको हेटौँडामा रुखमा झुण्डिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ।

बुधबार बिहान हेटौँडा–१६ हटियास्थित बकाइनोको रुखमा झुण्डिएको अस्वथामा स्थानीय ५० वर्षीय रामकृष्ण बलामीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रहरी निरीक्षक अमर गजमेरका अनुसार उक्त शव हाल घटनास्थलमै छ। इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक देवराज काफ्लेको नेतृत्वमा प्रहरीको एक टोली घटनास्थलमा पुगेको छ। मृतकको शव परीक्षणका लागि हेटौँडा अस्पताल लैजाने तयारी प्रहरीले गरेको छ। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .