ad ad

समाज


देशभर सक्रिय कोरोना संक्रमितको संख्या ८३२

देशभर सक्रिय कोरोना संक्रमितको संख्या ८३२

नेपालखबर
फागुन २१, २०७७ शुक्रबार १५:३६,

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज थप १२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जनाएको छ। योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या दुई लाख ७४ हजार ६०८ पुगेको छ।

थप ६ हजार १४३ जनाको पीसीआर परीक्षण गरिएको थियो। हालसम्म पीसीआर परीक्षण गराउनेको संख्या २१ लाख ८५ हजार १९० जना पुगेको छ।

मन्त्रालयका अनुसार हालसम्म दुई लाख ७० हजार ७६६ कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन्। पछिल्लो २४ घण्टामा देशभर ८३ सङ्क्रमित निको भएर घर फर्किएका छन्। हाल देशभर ८३२ सक्रिय सङ्क्रमित रहेका छन्।

शून्य मृत्यु
नेपालमा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा कोही पनि मृत्यु भएको छैन। हालसम्म कोरोना भाइरसको संक्रमणबाट तीन हजार १० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले कोरोनाविरुद्धको खोप अभियानलाई ध्यानमा राख्दै अबदेखि दैनिक यसबारे जानकारी गराउने भएको छ। मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आइतबारदेखि सुरु गरिने खोप अभियानलाई ध्यानमा राख्दै मन्त्रायलले आजदेखि दैनिक प्रेस ब्रिफिङ गर्न थालेको हो। यसअघि सातामा दुई पटक आइतबार र बुधबार मात्र मन्त्रालयले प्रेस ब्रिफिङ गर्दै आएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .