नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव छ। जसले गर्दा आज केही ठाउँमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, बागमती तथा गण्डकी प्रदेशका पहाडी तथा हिमाली भेगका एक/दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुने सम्भावना छ। यसबाहेक मौसम सामान्यतया सफा रहने छ।
यस्तै राति पनि प्रदेश १, बागमती तथा सुदूरपश्चिम प्रदेशको पहाडी/हिमाली भेगका एक/दुई स्थानमा हल्का वर्षा/हिमपात हुने सम्भावना छ। यसबाहेक स्थानमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे प्रकाशन गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।
प्रतिक्रिया