ad ad

समाज


शैक्षिक भ्रमणमा गएका छात्रामाथि यौन दुर्व्यवहार प्रकरण : शिक्षक पक्राउपछि विद्यालय बन्द

शैक्षिक भ्रमणमा गएका छात्रामाथि यौन दुर्व्यवहार प्रकरण : शिक्षक पक्राउपछि विद्यालय बन्द

नेपालखबर
चैत १३, २०७७ शुक्रबार ३:२३,

आफैंले पढाउने छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ परेपछि मकवानपुरको मकवानपुरगढी गाउँपालिका ३ मक्रान्चुलीमा रहेको भानु मावि बन्द भएको छ।

विद्यालय प्रशासनले बिहीबार सूचना जारी गर्दै विद्यालयमा पठपनपाठन अनिश्चित कालका लागि बन्द गरिएको जानकारी दिएको छ।

विद्यालयका तीन जना छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा भानु माविका शिक्षक किरण पाण्डेलाई प्रहरीले बुधबार पक्राउ गरेको थियो।

गएको फागुन २९ गते शैक्षिक भ्रमणमा गएको बेला शिक्षक पाण्डेले आफूहरुलाई यौन दुर्व्यवहार गरेको भन्दै छात्राहरुले जिल्ला प्रहरी कार्यलय मकवानपुरमा उजुरी दर्ता गरेका छन्। पाण्डेलाई सात दिनको म्याद थप गरेर प्रहरीले अनुसन्धान अघि बढाएको छ।

शिक्षक पाण्डेले छात्रालाई यौन दुर्व्यवहार गरेको घटना सार्वजनिक भएपछि विभिन्न पक्षले विद्यालयमा उपस्थिति भई दैनिक पठनपाठनमा बाधा व्यवधान खडा गरेकाले विद्यालय बन्द गर्नुपरेको विद्यालय प्रशासनले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .