ad ad

राजनीति


योगेश भट्टराईको आग्रह : एकपटक २०४७ को संविधानप्रति मदन भण्डारीले राखेका २७ बुँदे फरक मत पढौं

योगेश भट्टराईको आग्रह : एकपटक २०४७ को संविधानप्रति मदन भण्डारीले राखेका २७ बुँदे फरक मत पढौं

नेपालखबर
चैत १३, २०७७ शुक्रबार ३:९,

नेकपा एमाले, नेपाल पक्षका नेता योगेश भट्टराईले २०४७ सालको संविधानप्रति मदन भण्डारीले राखेका २७ बुँदे फरक मत एकपटक सबैलाई पढ्न आग्रह गरेका छन्।

२०४७ कात्तिक २५ गते खुलामञ्चमा आयोजित आमसभामा भण्डारीले राखेको आलोचनात्मक समर्थनकै विषयमा आज बहस भइरहेको उल्लेख गर्दै नेता भट्टराईले एकपटक त्यसलाई मनन गर्न आह्वान गरेका हुन्।

उनले भनेका छन्, ‘२०४७ सालको संविधानप्रति पार्टीका तर्फबाट कमरेड मदन भण्डारीले २७ बुँदे फरक मत प्रेषित गर्नुभएको थियो। ती २७ बुँदा सबैले एकपटक पढौं।’

तर कतिपयले भण्डारीले प्रस्तुत गरेका बुँदाविपरीत धारणा राखेको असन्तुष्टि व्यक्त गर्दै भट्टराईले मदन भण्डारीचाहिँ गलत थिए भन्न खोजिएको हो भनेर प्रश्न पनि गरेका छन्।

‘२०४७ कार्तिक २५ गते खुलामञ्चको आमसभामा संविधानप्रति पार्टीको आलोचनात्मक समर्थन रहेको धारणा राख्नुभयो। आज तिनै विषयमा सार्वजनिक बहस हुँदै छ,’ नेता भट्टराईले सामाजिक सञ्जालमार्फत प्रश्न गरेका छन्, ‘कतिपयका धारणा २७ बुँदेको विपरीत देखिन्छन्। आजका धारणालाई सही मान्नेले मदन भण्डारी गलत हुनुहुन्थ्यो भन्न खोज्नुभएको हो?’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .