ad ad

समाज


छोरीहरुलाई ‘नजर लगाउँदा’ हत्या!

छोरीहरुलाई ‘नजर लगाउँदा’ हत्या!

नेपालखबर
चैत १३, २०७७ शुक्रबार ४:२१,

एक युवकको विभत्स ढंगले हत्या गरेको आरोपमा प्रहरीले सर्लाहीबाट दुई जनालाई पक्राउ गरेको छ।

सदरमुकाम मलंगवा नगरपालिका- १० का ३० वर्षीय सुशिल रायको हत्या आरोपमा प्रहरीले मलंगवाका ४५ वर्षीय विमलकान्त पाठक भनिने कमल पण्डित र भारतीय नागरिक ४० वर्षीय अशोक झालाई पक्राउ गरेको हो।

वुधवार रातिदेखि बेपत्ता राय बिहीवार बिहान स्थानीय धान खेतमा मृत फेला परेका थिए। टाउको काटेर हत्या गरिएको अवस्थामा मलंगवा नगरपालिका–९ स्थित खेतमा उनको शव फेला परेको थियो। रायको शरीर र टाउको बेग्लाबेग्लै स्थानमा फेला परेको थियो। शरीर भेटिएको ठाउँ भन्दा करिव ६१ मिटर पूर्व टाउको भेटिएको थियो।

मृतक र आरोपी दुबै लागू औषध प्रयोगकर्ता भएको सर्लाहीका प्रहरी प्रमुख (एसपी) सन्तोषसिंह राठौरले बताए। बुधवार साँझ समेत उनीहरुले सँगै बसेर लागूऔषध सेवन गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

प्रहरीका अनुसार कमल र मृतकबीच आर्थिक लेनदेन थियो। साथै रायले आफ्ना छोरीहरुलाई गलत नजरसमेत लगाएकाले हत्या गरेको बयान कमलले प्रहरीलाई दिएका छन्।

मृतकको शव जिल्ला अस्पताल मलंगवामा पोष्टमार्टमपछि आफन्तका जिम्मा लगाएको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .