ad ad

समाज


तीव्ररुपमा कोरोना फैलिएपछि दिल्लीमा सबै स्कूल बन्द

तीव्ररुपमा कोरोना फैलिएपछि दिल्लीमा सबै स्कूल बन्द

नेपालखबर
चैत २७, २०७७ शुक्रबार १२:३४,

भारतको राजधानी दिल्लीमा कोरोना संक्रमण तीव्ररुपमा फैलिएपछि दिल्ली प्रदेश सरकारले सो प्रदेशका सबै स्कूलहरु अर्को सूचना नभएसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ।

केहि दिनदेखि कोरोना संक्रमणको अवस्था हेरेर सो निर्णय गर्नुपरेको दिल्लीका मुख्यमन्त्री अर्बिन्द केजरिवालले बताएका छन्।

केजरीवालले ट्विटरमार्फत् सो निर्णयको जानकारी दिएका हुन्।

दिल्ली सरकारका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनले कोभिडको पछिल्लो लहरले युवापुस्तालाई धेरै असर गरेको बताएका छन्।

यसअघि जिल्ला मजिस्ट्रेट अजयशंकर पाण्डेले गाजियावादका सबै स्कूल, कलेज, शैक्षिक संस्था र कोचिङ सेन्टरहरुसमेत अप्रिल १७ सम्म बन्द गर्न आदेश दिएका थिए।

त्यसैगरी नोयडामा रात्रिकालीन कफ्र्यु लगाइएको छ।

दिल्लीमा बिहीबारमात्र ७ हजार ४ सय ३७ कोभिड संक्रमित भेटिएका थिए, जुन अहिलेसम्मको सो राज्यमा एकैदिन भेटिएको सबैभन्दा ठूलो संख्या रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

त्यसैगरी बिहीबार नै २४ जना संक्रमितको मृत्यु भएको छ।

हालसम्म दिल्लीमा मात्र ११ हजार १ सय ५७ जना कोरोना संक्रमितको निधन भएको छ।

भारतभर केहि दिनयता प्रतिदिन १ लाखभन्दा बढि संक्रमित भेटिँदै आएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .