भारतीय सेनाका अनुसार दक्षिणी कस्मिरको सोपिया, पुलवामा र अनन्तनागमा भएको कारवाहीमा ती आतंकवादीहरुको मृत्यु भएको हो।
श्रीनगरका सैन्य प्रवक्ता एमरान मोस्वीका अनुसार सोपियाको चौगाम इलाकामा शुक्रबार पाँच जना सेनाको कारवाहीमा मरेका थिए भने पुलवामाको नाइबुग इलाकामा दुई चरमपन्थी सेनासँगको मुठभेडमा मारिएका थिए।
प्रहरीका अनुसार सोपियाको चौगाममा मारिएका चरमपन्थी हिज्बुल र लक्सरे–तैयबसँग सम्बन्धित छन्। यो घटनामा पाँच भारतीय जवान पनि घाइते भएका थिए। हाल उनीहरुको उपचार भइरहेको छ।
यस्तै आइतबार दिइएको जानकारी अनुसार सोपियाको हाडीपोरामा समेत शनिबार सेना र आतंकवादीबीच गोली हानाहान भएको थियो। यस घटनामा ३ चरमपन्थीको ज्यान गएको छ। बीबीसीहिन्दी
प्रतिक्रिया