ad ad

समाज


नागार्जुनको डढेलो नियन्त्रणका लागि सिम्रिक एयरको हेलिकोप्टरबाट पानी खसालियो

नागार्जुनको डढेलो नियन्त्रणका लागि सिम्रिक एयरको हेलिकोप्टरबाट पानी खसालियो

नेपालखबर
चैत २९, २०७७ आइतबार १०:४९,

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा लागेको आगो नियन्त्रणका लागि हेलिकोप्टरको प्रयोग गरिएको छ।

आइतबार बिहान ११ बजेबाट बूढानीलकण्ठ नगरपालिका–१, तौलुङबाट सुरु भएको आगलागी क्रमशः फैलिँदै गएकोले नियन्त्रणका लागि हेलिकोप्टरबाट पानी खसालिएको महानगरीय प्रहरी परिसरका प्रमुख (एसएसपी) अशोक सिंहले बताए।

उनले अहिले सिम्रिक एयरलाइन्सको एक हेलिकोप्टरबाट पानी झारिरहेको बताए। उनले सुन्दरीजलबाट मेलम्चीको पानी ल्याएर आगो नियन्त्रणको प्रयास गरिएको बताए।

‘डढेलो नियन्त्रणका लागि सिम्रक एयरको एक हेलिकोप्टरबाट पानी खसाउने काम भइरहेको छ’, एसएसपी सिंहले नेपालखबरसँग भने।

त्यस्तै काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले आगो नियन्त्रणका लागि चार दमकलसहित सेना, प्रहरी र स्थानीयको टाली खटिएको बताए।

‘निकुञ्जको जंगलमा फैलिएको आगो नियन्त्रणका लागि अहिले सेना, प्रहरी, सशस्त्रसहितको टोली परिचालन गरेका छौँ’, प्रजिअ पराजुलीले नेपालखबरसँग भने, ‘चारवटा दमकलको प्रयोग गरेका छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .