गत माघ २३ गते पोखरामा एक युवालाई गोली हानेर भागेका व्यक्ति पक्राउ परेका छन्। बाराका ४५ वर्षीय राजकिशोर पाण्डेलाई पोखराको सिमपानीबाट आइतबार पक्राउ गरेको कास्कीका प्रहरी प्रमुख एसपी जिवन कुमार श्रेष्ठले बताए।
पोखरा महानगरपालिका १७ महतगौडा नौलो घुम्ति नजिक साँझ पर्वतको मोदी गाउँपालिका ८ घर भई हाल पोखरा २४ पामे बस्ने २७ वर्षीय मनोज विकमाथि गोली प्रहार भएको थियो।
उनी वाइरिङको काम गर्दै आएका थिए। गोली प्रहार गर्ने पाण्डे पोखरामा मेटल लगायतको काम गर्थे।
मनोजले घटना लगतै अपरिचित व्यक्तिले गोली हानेको भन्दै वडा प्रहरी कार्यालय बैदाममा जानकारी गराएका थिए।
उनलाई तत्काल गण्डकी मेडिकल कलेज लगिएको थियो। दाहिने कोखामा अगाडिबाट प्वाल पारी गोली ढाडबाट निस्केको थियो।
प्रतिक्रिया