ad ad

समाज


चितवनमा ट्याक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु, १७ घाइते

चितवनमा ट्याक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु, १७ घाइते

नेपालखबर
चैत ३०, २०७७ सोमबार १:४१,

चितवनको राप्ती नगरपालिकामा ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार राप्ती नगरपालिका–११ स्थित चिउरी खोलामा आइतबार बेलुका ना १ त ६२८२ नम्बरको ट्याक्टर दुर्घटना भएको हो।

दुर्घटनामा राप्ती नगरपालिका ५ का ३५ वर्षीय खड्क लामा, खैरहनी नगरपालिका–९ का ४० वर्षीय मगन महतो, खैरहनी– ९ कै ५० ववर्षीया छनियाँ महतो र राप्ती–४ का ४५ वर्षीय सीताराम श्रेष्ठको मृत्यु भएको छ। एक मृतक अन्दाजी २५ वर्षका पुरूषको परिचय खुल्न बाँकी रहेको चितवन प्रहरीले जनाएको छ। मृतक सबै चितवनका हुन्।

दुर्घटनामा १७ जना घाइते भएका छन्। तीमध्ये ६ जनाको अवस्था गम्भीर छ।

प्रहरीका अनुसार घाइतेमध्ये केहीको भरतपुरस्थित पुरानो मेडिकल कलेज र केहीको भरतपुर अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .