त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब मास्क बिना जान नपाइने भएको छ।
अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले बिहीबार सूचना प्रकाशित गरी बिना मास्क प्रवेश निषेध गरेको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय, सुरक्षाकर्मी र अन्य सरोकारवाला निकायको बैठकले बिहिबार सो निर्णय गरेको जनाइएको छ।
विमानस्थल उच्च जोखिममा भएको हुनाले पुर्व सतर्कता अपनाउनका लागि भीड नगर्न आग्रह गरिएको छ। आफन्तलाई विदाई गर्न जाँदा र लिन जाँदा मुख्य गेटबाटै फर्कन विमानस्थल प्रशासनले आग्रह गरेको छ।
प्रतिक्रिया