जनकपुरमा शनिबार साँझ गुडिरहेको हाइसमा अचानक आगलागी हुनाको कारणबारे प्रहरीले प्रारम्भिक अनुमान गरेको छ।
प्रहरीका अनुसार धनुषाको महेन्द्रनगरबाट जन्ती लिएर जनकपुरतर्फ फर्किंदै गरेको हाइस गाडीमा शनिबार साँझ पौने ७ बजेतिर जनकपुरधामस्थित मुख्यमन्त्रीको कार्यालयअगाडि अकस्मात् आगो लागेको हो।
तीव्र गतिका कारण अनियन्त्रित भएर हाइस डिभाइडरमा ठेक्किएपछि भित्र रहेको ग्यास सिलिन्डरबाट आगलागी भएको प्रहरीको प्रारीम्भक अनुसन्धानबाट खुलेको हो।
गाडीमा १२ जना जन्ती सवार थिए। जसमध्ये २ जना घाइते भएको प्रहरी नायब उपरीक्षक मिश्रले जानकारी दिए।
गाडीको नम्बर खुल्न सकेको छैन भने चालक फरार भएका छन्। उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
प्रतिक्रिया