ad ad

समाज


प्रदेश २ मा मास्क नलगाउने ६५ हजार जनालाई कारबाही

प्रदेश २ मा मास्क नलगाउने ६५ हजार जनालाई कारबाही

शैलेन्द्र महतो
बैशाख १२, २०७८ आइतबार १३:२८,

कोरोना संक्रमण बढ्दै जाँदा मास्क नलगाउने प्रदेश २ का झण्डै ६५ हजार मानिसलाई प्रहरीले कारबाही गरेको छ।

वैशाख ४ गतेदेखि हालसम्म प्रदेश २ का ८ वटै जिल्लामा मास्क नलगाउने ६४ हजार ९ सय ४४ जनालाई कारबाही गरिएको प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता एसपी कृष्ण प्रसाइले जानकारी दिए।

उनका अनुसार ४४ हजार ४ सय ५१ जनालाई ३ घण्टा होल्डिङ गरेर सम्झाई बुझाई गरेर छाडिएको थियो भने मास्क नलगाउने १६ हजार ९ सय ६९ जनालाई होल्डिङमा राखेर मास्क वितरण गरि छाडिएको थियो।

यस्तै ३ हजार ५ सय २४ जनालाई संक्रामक रोग निवारण ऐन २०२० अन्तर्गत कारबाही गरि प्रतिव्यक्ति १ सयका दरले जरिवाना गरिएको उनले बताए।

उनीहरुबाट ३ लाख ५२ हजार ४ सय रुपैयाँ राजश्व समेत संकलन गरिएको उनको भनाइ छ।

नेपाल सरकारद्वारा तोकिएको मापदण्डलाई पूर्णरुपमा पालना गराउन सबैलाई आ–आफ्नो तर्फबाट महत्वपूर्ण भूमिका हुने भएकोले रेष्टुरेण्ट, पार्टी प्यालेस एवम् सभा सम्मेलनमा २५ जना भन्दा बढीलाई भेला नहुन प्रदेश प्रहरी कार्यालयले आग्रह गरेको छ।

सरकारद्वारा तोकिएको मापदण्डलाई अटेर गरेमा संक्रमण रोग निवारण ऐन २०२० अनुसार कारवाही गर्ने जनाइएको छ।

घरबाहिर निस्कदा मास्क नलगाई बाटोमा यात्रा गर्ने र सामाजिक दूरी कायम नगर्नेलाई प्रहरीले कारबाही गर्न थालेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .