मकवानपुरमा बाबुलाई बन्चरो प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कैलाश गाउँपालिका–३ कटुन्जे बस्ने ३० वर्षीय अन्जन सापकोटा रहेका छन्।
अन्जनले आफ्नै बाबुलाई बन्चरो प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मनहरी र प्रहरी चौकी भार्ताबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया