जंगलमा लागेको डढेलोमा परी स्याङ्जामा एक वृद्धाको ज्यान गएको छ।
आइतबार दिउँसो स्याङ्जाको आँधिखोला गाउँपालिका–१ अर्घौदीकी ७२ वर्षीया टिकाकुमारी तिवारीको मृत्यु भएको हो।
अर्घौदीमै आफन्तको ब्रतबन्धमा गएर घर फर्किने क्रममा उनी रातोपहिरो पाखामा डढेलोमा परेकी हुन्। बाटोमा हिडिरहेको अवस्थामा आगोको मुस्लोमा परेको र जलेर घटनास्थलमै ज्यान गएको स्याङ्जा प्रहरीले जानकारी दिएको छ।
उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल स्याङ्जा लगिएको डीएसपी राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए।
3
Shares
प्रतिक्रिया