ad ad

समाज


भारतमा एक दिनमा साढे ३ लाखभन्दा बढी व्यक्ति संक्रमित, २८ सयभन्दा धेरैको मृत्यु

भारतमा एक दिनमा साढे ३ लाखभन्दा बढी व्यक्ति संक्रमित, २८ सयभन्दा धेरैको मृत्यु

नेपालखबर
बैशाख १३, २०७८ सोमबार ५:१७,

भारतमा पछिल्लो २४ घण्टा (एक दिन) मा साढे ३ लाखभन्दा बढी व्यक्तिमा संक्रमण पुष्टि भएको छ।

त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ३ लाख ५२ हजार ९९१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यस अवधिमा कोरोनाले २ हजार ८१२ जनाको मृत्यु भएको छ।

एक दिनमा यति धेरै संख्यामा संक्रमण र मृत्यु अहिलेसम्म विश्वका कुनै पनि देशमा नभएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

भारतको स्वास्थ्य मन्त्रालयले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा थपिएकासमेत अहिलेसम्म देशमा कोरोनाको संक्रमणमा परेका व्यक्तिको कूल संख्या १ करोड ७३ लाख १३ हजार १६३ पुगेको छ भने यसबाट मृत्यु भएकाको संख्या १ लाख ९५ हजार १२३ पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .