सिरहामा एक युवकको मृत्युपछि कोरोना पुष्टि भएको छ।
सिरहाको गोलबजार नगरपालिका ६ बस्ने ३४ वर्षका पुरुषलाई कोरोनाका लक्षण देखिएर सिकिस्त भएपछि वैशाख ६ गते स्थानीय भूमिजा अस्पतालमा भर्ना गरिएको थियो।
सोही दिन थप उपचारको लागि बाहिर लग्दै गर्दा बिहान १० बजे उनको मृत्यु भएको थियो।
मृत्यु पश्चात स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको जानकारी सोमबार प्रदेश २ स्वास्थ्य निर्देशनालयले दिएको छ।
प्रतिक्रिया