ad ad

समाज


टीकापुरको प्रादेशिक अस्पताल भोलिबाट सञ्चालनमा, सिटी हलमा पनि ४२ बेड तयार

टीकापुरको प्रादेशिक अस्पताल भोलिबाट सञ्चालनमा, सिटी हलमा पनि ४२ बेड तयार

नेपालखबर
बैशाख १४, २०७८ मंगलबार ११:३९,

कोरोना संक्रमितको संख्या थपिँदै गएपछि कैलालीको टीकापुरस्थित प्रादेशिक अस्पताललाई भोलिबाट पुनः कोरोना विशेष अस्पतालका रुपमा सञ्चालन गरिने भएको छ।

अक्सिजन थेरापीसहित २० बेडको अस्पताल बुधबारदेखि सञ्चालन गर्ने निर्णय भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दीपक रावलले नेपालखबरलाई जानकारी दिए।

गत वर्ष कोरोना संक्रमितको संख्या बढेपछि यो अस्पताललाई कोरोना संक्रमितको उपचारमा केन्द्रित गरिए पनि पछि संक्रमित नभएपछि पुनः नियमित सेवामा फर्किएको थियो।

तर दोस्रो चरणको संक्रमण बढ्दै गएपछि कोरोना संक्रमितको उपचार गर्ने अस्पतालका रुपमा सञ्चालन हुने भएको हो।

यस्तै टीकापुर नगरपालिकाको सिटी हलमा पनि ४२ बेड राखेर संक्रमितको उपचार गरिने भएको छ। सिटी हलमा बेड राखेर अस्थायी कोभिड अस्पतालको रुपमा सञ्चालनमा ल्याउने टीकापुरका मेयर तपेन्द्रबहादुर रावलले बताए।

सिटी हलमा बुधबारदेखि बिरामी भर्ना गर्न थालिने मेयर रावलले बताए। यहाँ पनि अक्सिजनसहितको व्यवस्था गरिएको छ। गत वर्ष पनि कोरोना संक्रमितको उपचारका लागि अस्थायी रुपमा सञ्चालन गरिएको थियो।

यहाँ रहने बिरामीका लागि नगरपालिकाले नै स्वास्थ्यकर्मी भर्ना गर्नेछ। टीकापुर अस्पतालका डाक्टरले पनि चेकजाँच गर्ने गरी सञ्चालनमा आउन लागेको हो।

अहिले कैलालीका कोरोना संक्रमितलाई जिल्लाका अस्पतालमा भर्ना गरिएको छैन। गम्भीर प्रकारका बिरामीलाई अन्यत्र पठाउने गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .