ad ad

समाज


कोरोना महामारीका बेला देखेका २ दृश्यले डा. पाण्डे चिन्तामा

कोरोना महामारीका बेला देखेका २ दृश्यले डा. पाण्डे चिन्तामा

नेपालखबर
बैशाख १४, २०७८ मंगलबार १५:१४,

कोरोना महामारी भयावह बन्दै गरेका बेला लापरबाही भइरहेको देखेपछि जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेले चिन्ता प्रकट गरेका छन्।

आज काठमाडौंमा देखिएका २ दृश्यले उनलाई चिन्तित बनाएको हो।

डा. पाण्डे लेख्छन् : 

आजका २ दृश्य,  निषेधाज्ञाको अनुमान र समाधान
१. बालाजु बाइसधारा मेला तथा स्वयम्भूमा हजारौं मान्छेको भीडभाड। नाकमुनि, चिउँड़ोमा मास्क झुन्ड्याउनेको संख्या अधिक। मास्क लगाउने र नलगाउनेको संख्या बराबर। भौतिक दूरी कुन चरीको नाम हो, त्यहाँ थाहा थिएन।

२‍. पर्सिदेखि हुने निषेधाज्ञाका कारण उपत्यका छाड्नेको बस काउन्टर, बसपार्क, बस स्टप आदिमा हजारौंको धकेलाधकेल।

जनस्वास्थ्यका मापदण्ड नागरिकले किन पालना गरेका छैनन्? गृह प्रशासनले किन पालना गराएको छैन?

निषेधाज्ञाको अनुमान
हामी नागरिक उनै हौं। गृह प्रशासन उही हो। निषेधाज्ञामा पनि गल्ली, भित्री बस्ती, चिया पसल, भट्टी, तरकारी बजार...मा उस्तै भीडभाड हुने देखिन्छ।

मिडियाले रित्ता सडक र बन्द भएका मुख्य बजार देखाउनेछन्। अनि सरकारले निषेधाज्ञा पूर्ण लागू भएको भनेर मक्ख पर्नेछ। संक्रमितको संख्या बढ्नेछ। निषेधाज्ञा बढ्दै जानेछ।

समाधान
सरकारले मास्क र भौतिक दूरी कायम गराउन भएभरको शक्ति लगाउने तथा आम नागरिकले मापदण्ड पालना गर्ने हो भने संक्रमणको चेन तोडिन्छ। ३ हप्तामा अहिलेसम्मको सेटल हुन्छ।

यसका लागि दुवै पक्ष जिम्मेवार हुनुपर्‍यो। इसपटकको महामारी हामीले कल्पना गरेको भन्दा धेरै संक्रामक र घातक छ। अस्पतालमा बेड छैन। अक्सिजनको अभाव छ। रोकथामका लागि कडा कदम नचाल्ने हो भने उपचार नपाएर ठूलो क्षति हुन सक्छ।

सरकार र आम नागरिक समयमै सचेत बनौं। दुवै पक्ष सचेत बन्यौं भने लकडाउन छोटो हुन्छ। क्षति हुँदैन।

उखान
–मलाइ खाने बाघले तँलाई पनि खान्छ, तँलाई खाने बाघले मलाइ पनि खान्छ।

–महामारीमा ज्यान जोगाउनू, अनिकालमा बीउ जोगाउनू।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .